images
images

‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं फर्निचरजन्य उत्पादन


  • 892
    SHARES
  • २०८० आश्विन १० गते बुधबार

    ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं फर्निचरजन्य उत्पादन

    काठमाडौं । फर्निचर तथा फर्निसिङजन्य उत्पादनको बृहत मेला फर्नेक्स २०२३ सुरु भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा एक कार्यक्रमका बिच उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले नवौं संस्करणको एक्स्पोको उदघाटन गरेका हुन् ।

    एक्स्पोको उदघाटन गर्दौ उद्योगमन्त्री रिजालले मुलुक फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर हुँदै गए पनि पर्याप्त नभएको बताए । आयात मुलुकका लागि सुखद विषय नभएको बताएका उनले फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि विद्यमान कानुनी व्यवस्था संशोधनका लागि सरकार तयारले पहलकदमी लिने आश्वासन दिए ।

    नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) को आयोजनामा “के हामी आत्मनिर्भर छौं ?” भन्ने थिममा सुरु भएको एक्स्पो ५ दिनसम्म चल्नेछ । एक्स्पोलाई किङ कोयलले शीर्ष प्रायोजन गरेको छ । त्यसै गरी प्रेष्टिज कार्पेट एशोसिएट पार्टनर रहेको एक्स्पोको पावर्ड वाईमा फर्निचर हब प्रालि रहेको छ । नेपाल चेम्बर अफ कमर्श र नेपाल फर्नचर तथा फर्निसिङ व्यवसायी महासंघले इन्डोर्स गरेको एक्स्पोको मेन स्पोन्सर्समा डल्फिन मोड्युल्ड फर्निचर, फिदरलाइट, आरओके प्रोडक्ट इण्डष्ट्रीज, सरावगी ओभरसीज र यती पोलिकेम रहेका छन् । इभेण्ट सोलुसन प्रालिले व्यवस्थापन गरेको एक्स्पोको अफिसियल पार्टनरमा लङसे, भिवोन चियर र वेबट्युन रहेका छन् ।

    १०० भन्दा बढी स्टलहरु रहेको एक्स्पोमा फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीहरुले आफ्ना उत्पादन तथा सेवाका बारेमा जानकारी तथा बिक्री बितरण गर्नेछन् । एक्स्पो स्थलमा नै सामान खरिद बिक्री गर्नका लागि खुल्ला बजार समेत सञ्चालन गरिएको छ भने अवलोकनकर्तालाई एक्स्पो निशुल्क प्रवेश गर्ने व्यवस्था गरिएको छ । 

    एक्स्पोले राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्रान्डहरुलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न लागि सहज मार्ग निर्देशन गर्ने एशोसिएशनको विश्वास छ । ग्राहकहरुलाई एउटै प्लेटफर्ममा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीद्धारा उत्पादित विभिन्न सामाग्रीहरु उपलब्ध गराउन यो एक्स्पो महत्वपुर्ण हुने अपेक्षा गरिएको छ । फर्निचर र फर्निसिङ सामग्रीका उत्पादक, मेसिनरी आपूर्तिकर्ता, आयातकर्ता, वितरक, डिलर, इन्टेरियर डिजाइनर, स्टार्टअप तथा फर्निचर उद्योगमा काम गर्न इच्छुक मानिसहरुलाई साझा प्लेटफर्म प्रदान गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन टेवा पुग्ने अपेक्षा आयोजकको रहेको छ । 

    एक्स्पोमा सहभागि हुने व्यवसायीहरुले आफ्नो ब्रान्ड, उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने अवसर पाउने र सम्भावित ग्राहकसँगको साक्षात्कार र भविष्यमा सहकार्य तथा व्यापार विस्तारका लागि आवश्यक पर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुसँग भेटवार्ता गर्ने अवसर पाउने आयोजकले जनाएका छन् । 

    उक्त एक्स्पो ५० हजार भन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । 


    images

    Logo