images
images

धितोपत्र बोर्डको वेबसाइटमा च्याटबोट सेवाको सुरुवात


  • 712
    SHARES
  • २०८० आश्विन १५ गते सोमबार

    धितोपत्र बोर्डको वेबसाइटमा च्याटबोट सेवाको सुरुवात

    काठमाडौं । लगानीकर्ताहरुको गुनासो सुन्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आफ्नो वेबसाइटमा च्याटबोट सेवा सुरु गरेको छ । सोमबार काठमाडौंमा कार्यक्रममा आयोजना गर्दै धितोपत्र बोर्डले च्याटबोट सेवाको सुरुआत गरिएको जानकारी गराएको हो ।

    कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आजैबाट धितोपत्र बोर्डको वेबसाइटमा च्याटबोट सेवा सुरु गरिएको जानकारी दिए । अब लगानीकर्ताले आफ्ना गुनासा र जिज्ञासा च्याटबोटमार्फत राख्न सक्ने र आफूहरु उक्त माध्यममार्फत् प्राप्त जिज्ञासा तथा गुनासो सुनुवाइ गर्न तत्पर रहेको समेत उनले कार्यक्रममा बताए । 

    कार्यक्रममा हमालले नेपालमा वित्तीय साक्षरता कम रहेको र सो अवस्थामा धितोपत्र बोर्डले ल्याएको च्याटबोट सेवाले केही हदसम्म वित्तीय साक्षरता बढाउन भूमिका खेल्ने बताए । 

    साथै, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को सहकार्यमा ३६ जिल्लामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिने समेत उनले जानकारी दिए । 

    AI chatbot in Sebon website.jpg


    images

    Logo