काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले २ ग्राउन्डब्रेकिंग स्मार्टफोनहरू बजारमा ल्याएको छ । रियलमी सी ५१ र रियलमी सी ५३ बजारमा ल्याएको हो ।
रियलमी सी ५१ मा भएको ३३ वाटको सुपरभोक फास्ट चार्जरको मद्दतले ० देखि ५० प्रतिशतसम्म मात्र २८ मिनेटमा नै चार्ज हुनसक्छ । ५० मेगापिक्सेल एआई क्यामाराको मद्दतले रियलमी सी ५१ ले असाधारण क्रिएटीभिटी प्रदान गर्दै अति आकर्षक तस्बिरहरु निकाल्दछ । १२८ जिबीको स्टोरेज भएको यस रियलमी सी ५१ मा सबै एप, तस्बिर र अत्यावश्यक फाइलहरूका लागि पर्याप्त स्पेस छ ।
४ जिबीको बिल्ट–इन र्यापका साथै डिआरइ टेक्नोलोजीमार्फत थप ४ जिबी र्याम बढाउन पनि मिल्छ । आकर्षक १७.१३ सिएम (६.७४ इन्च)९० हर्ज डिस्प्लेमा रहेको मिनी क्याप्सुलले सिमलेस तथा भाइब्रेन्ट भिजुअल अनुभव प्रदान गर्दछ । प्रशस्त स्टोरेज र आकर्षक डिस्प्लेयुक्त सी ५१ ले आधुनिक स्मार्टफोनहरूको लागि नयाँ बेन्चमार्क सेट गरेको छ ।
त्यस्तै रियलमी सी ५३ मा १०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा रहेको छ । यसमा १८ वाट क्विक चार्जको सुविधा भएको रियलमी सी ५३ मा शक्तिशाली ५००० एमएएचको विशाल ब्याट्री राखिएको छ जसले गर्दा दिनभरि फोन चलाउँदा पनि समस्या हुँदैन । यसमा १७.१३ सेन्टिमिटर (६.७४ इन्च) ९० हर्जको डिस्प्ले रहेको छ ।
अक्टा–कोर चिपसेटले एडभान्स टेकनोलोजी र इफिसियन्ट प्रोसेसिङ क्षमताहरूको साथमा उत्कृष्ट पर्फरमेन्स तथा अनुभव सुनिश्चित गर्दछ । रियलमी सी ५१ दुई कलर मिन्ट ग्रिन र ब्ल्याकमा उपलब्ध छ भने रियलमी सी ५३ गोल्ड र ब्ल्याक कलरमा उपलब्ध छ ।
रियलमी सी ५१ जिबी ६४ जिबि भेरियन्टमा उपलब्ध छ । यसको मूल्य १५ हजार ९ सय ९९ रुपैयाँ रहेको छ । त्यस्तै, रियलमी सी ५३ भने ४ जिबी १२८ जिबी भेरियन्टमा उपलब्ध छ । यसको मूल्य १७ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।


