images
images

काठमाडौं महानगरले वर्षमा १५ हजार जनालाई सीपमूलक तालिम दिने


  • 455
    SHARES
  • २०८० आश्विन २१ गते आइतबार

    काठमाडौं महानगरले वर्षमा १५ हजार जनालाई सीपमूलक तालिम दिने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले वार्षिक १५ हजार जनालाई सीपमूलक तालिम दिने भएको छ । आइतबार मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत प्रत्येक वर्ष १५ हजार जनालाई सीपमूलक तालिम दिने र पाँच हजार रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको बताएका हुन् ।

    बालेनले महानगरको बेरोजगार समस्यालाई तीन वर्षभित्र समाधान गर्ने गरी रोजगारी र आयवृद्धि गर्न काठमाडौंको सम्बृद्धि गौरव योजना तथा श्रम बैंक स्वर्णिम योजना सञ्चालनमा ल्याएको बताएका छन् ।

    “महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाई एउटै प्लेटफर्ममा ल्याएर श्रम बैंकको स्थापना गरी रोजगारीको अवसर बढाउने र  रोजगारदाताहरूलाई सीपयुक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्यसहित श्रम बैंक स्वर्णिम योजना सञ्चालनमा ल्याइएको हो,” उनले लेखेका छन्, “महानगरका स्थायी बासिन्दा, महानगरका करदाताहरु तथा महानगरभित्र भाडामा बस्ने सबै नेपाली नागरिकहरु श्रम बैंकमा आवद्ध हुन सक्नुहुनेछ ।”

     


    images

    Logo