images
images

इसरोले कात्तिक ४ मा पहिलो गगनयान परीक्षण वाहन मिसन सञ्चालन गर्ने


  • 403
    SHARES
  • २०८० आश्विन २८ गते आइतबार

    इसरोले कात्तिक ४ मा पहिलो गगनयान परीक्षण वाहन मिसन सञ्चालन गर्ने

    इसरो प्रमुख डा एस सोमनाथले भारतीय अन्तरिक्षा यात्री परियोजना गगनयानको हिस्साका रूपमा ‘टिभी–डी१’ (टेस्ट डेभलपमेन्ट फ्लाइट १) को पहिलो परीक्षण उडान कात्तिक ४ (अक्टोबर २१) मा हुने बताएका छन् । 

    उनका अनुसार डी१ को उडानपछि यस्तै प्रकृतिका कम्तीमा तीन वटा परीक्षण गरिने छ । आगामी वर्षको अन्त्यमा मानव अन्तरिक्ष उडानका क्रममा भारतीय अन्तरिक्ष यात्रीहरूलाई राख्ने क्रु मोड्युलको परीक्षण गर्नका लागि टिभी–डी१ को परीक्षण उडान आन्ध्र प्रदेशको श्रीहरिकोटामा सतीश धवन अन्तरिक्षा केन्द्रबाट गरिने छ ।

    “टिभी–डी१ मिसन अक्टोबर २१ का लागि निर्धारण गरिएको छ, यो गगनयान कार्यक्रम हो, गगनयान कार्यक्रमका लागि क्रु इस्केप सिस्टमको प्रदर्शन र परीक्षणको आवश्यकता छ, गगनयान कार्यक्रममा क्रु इस्केप सिस्टम धेरै महत्वपूर्ण छ”, इसरो प्रमुख सोमनाथले मदुराईमा पत्रकारहरूसँग भने । 
     
    टिभी–डी१ परीक्षण उडानमा क्रु मोड्युललाई बाह्य अन्तरिक्षमा प्रक्षेपण गर्ने, त्यसलाई पुनः पृथ्वीमा फर्काउने र बङ्गालको खाडीमा टचडाउनपछि पुनःप्राप्ती गर्ने कार्यक्रम समावेश छ । 

    “त्यसैले क्रु इस्केप सिस्टम प्रदर्शन गर्ने उक्त उडानको एक अवस्था हो, हामीले देखाउने यो अवस्थालाई ट्रान्सोनिक अवस्था भनिन्छ, प्रत्येक महिना हामी कम्तीमा एउटा उडान गर्नेछौँ, टिभी–डी१ को परीक्षण उडानपछि हामीसँग जीएसएलएभ र एसएसएलएभ हुनेछ । त्यसपछि मानवरहित गगनयान मिसन सुरु हुनेछ, यो बीचमा पीएसएलएभ उडान हुनेछ, त्यसैले जनवरीअघि तपाईँले कम्तीमा चारदेखि पाँचवटा उडान देख्नुहुनेछ”, सोमनाथले भने । 


    images

    Logo