images
images

सुपारी, केराउ र मरिचको आयातमा लगाइएको प्रतिबन्ध खुला


  • 522
    SHARES
  • २०८० कार्तिक ६ गते सोमबार

    सुपारी, केराउ र मरिचको आयातमा लगाइएको प्रतिबन्ध खुला

    काठमाडौँ । सरकारले सुपारी, केराउ र मरिचको आयात खुला गरेको छ । दशैं बिदाको अन्तिम दिन शुक्रबार राजपत्रमा सूचना प्रकाशित गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो आयात खुला गरेको हो । 

    यी वस्तुहरुमा नेपालमा तेस्रो मुलुकबाट उक्त वस्तुहरु आयात गरी भारततर्फ तस्करी हुने गरेको आशंकामा आयातमा प्रतिबन्ध तथा परिमाणत्मक बन्देज लगाउँदै आएको थियो ।

    सूचना अनुसार उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरीचको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि २०७८ को प्रक्रिया पूरा गरी यी वस्तु आयात गर्न सकिने भएको छ ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार एचएसकोड ०७१३.१०.०० (केराउ), एचएसकोड ०८०२.८०.०० र एचएसकोड (९०४.११.३) (कालो मरीच) को पैठारी गर्न अनुमति दिने निर्णय सरकारले गरेको हो ।

    डा. आरजू राणा देउवा कृषि समितिको सभापति हुने वित्तिकै सुपारी आयात खुलाउनु पर्ने धारणा सार्वजनिक गरेकी थिइन् । नेपालमा हरेक वर्ष १२ हजार मेट्रिक टन सुपारी उत्पादन हुने गरेको छ । त्यो सुपारी पनि उचित मूल्यमा बिक्री नहुने अवस्थाकै बीचमा सरकारले सुपारी आयात गर्न अनुमति दिएको छ ।


    images

    Logo