images
images

गहुँ आयात सुरु भएसँगै मैदा उद्योगहरू पुनः सञ्चालनमा


  • 515
    SHARES
  • २०८० कार्तिक ६ गते सोमबार

    गहुँ आयात सुरु भएसँगै मैदा उद्योगहरू पुनः सञ्चालनमा

    काठमाडौं । पूर्व क्षेत्रमा सञ्चालित मैदा उद्योगहरू गहुँको अभावमा बन्द हुने अवस्थामा पुगेको बेला गहुँ आयात सुरु भएपछि उद्योगहरू पुनः सञ्चालनमा आएका छन् ।

    उद्योग बन्द हुने अवस्था आएपछि नेपाल सरकारको आग्रहमा भारत सरकारले करिब ३ लाख मेट्रिक टन गहुँ आयातको कोटा दिएपछि मैदा उद्योगहरू सञ्चालन हुन थालेका हुन् । यस वर्ष पर्याप्त गहुँ उत्पादन नभएको र गहुँको मूल्य बढ्न थालेकाले ट्रेडरहरूले गहुँ सञ्चिति गर्न थालेपछि गहुँको अभाव हुन थालेको थियो ।

    यस वर्ष पर्याप्त गहुँ उत्पादन नभएको र गहुँको मुल्य बढ्न थालेकाले ट्रेडरहरुले गहुँ संचिति गर्न थालेपछि गहुँको अभाव हुन थालेको थियो । विगत ३ महिनादेखि गहुँ आयात हुन थालेको र अहिलेसम्म करिब १ लाख मेट्रिक टन गहुँ आयात भइसकेको नेपाल फ्लोर मिल एशोसिएशनका केन्द्रिय सचिव विकास बेगवानीले जानकारी दिए।

    गहुँ आयात हुन थालेपछि अहिले ४४ रुपैयाँ प्रति किलोमा स्थिर रहेको छ । गत वर्षयसै समयमा गहुँको मुल्य ६४ रुपैयाँ प्रति किलोसम्म पुगेको थियो । गहुँको संचिती गर्ने प्रवृत्ति बढेपछि गहुँको मुल्य ४२ रुपैयाँ प्रति किलोबाट बढेर ४७ रुपैयाँ प्रति किलोसम्म पुगेको थियो । 

    नेपालमा करिब ९ लाख मेट्रिक टन गहुँ आवश्यक पर्नेमा करिब ३ लाख मेट्रिक टन न्यून हुँदै आएकोमा मैदा उद्योगीहरुले ३ लाख मेट्रिक टन गहुँ आयातको कोटा माग्न आग्रह गर्दै आएका थिए ।


    images

    Logo