images
images

प्रहरीले माग्यो १२८ जना नयाँ कर्मचारी 


  • 509
    SHARES
  • २०८० कार्तिक १७ गते शुक्रबार

    प्रहरीले माग्यो १२८ जना नयाँ कर्मचारी 

    काठमाडौं । नेपाल प्रहरीले १२८ जना नयाँ प्रहरीका लागि आवेदन खुलाएको छ । आज नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले गोरखापत्रमा सूचना प्रकाशित गर्दै प्राविधिक प्रहरी समूह अन्तर्गतको विभिन्न उपसमूहमा खाली रहेका पदका लागि भर्ना खुलाएको हो । 

    खुला प्रावधानद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भन्दै योग्यता पुगेको नेपाली नागरिकलाई अनलाइन माध्यमबाट आवेदन दिन सूचनामार्फत् अनुरोध गरिएको छ । 

    १२८ जनामध्ये ३५ जना प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर), प्राविधिक प्रहरी नायब निरीक्षक (सई ) ३५ जना, प्राविधिक प्रहरी सहायक निरीक्षक (असई) ५८ जना मागिएको छ ।    

    1.JPG

    2.JPG

     


    images

    Logo