images
images

कोरोना संक्रमण : १९ मध्ये १० मृत्यु सुदूरपश्चिममा


  • 345
    SHARES
  • २०७८ बैशाख १९ गते आइतबार

    कोरोना संक्रमण : १९ मध्ये १० मृत्यु सुदूरपश्चिममा

    काठमाडौं ।  स्वास्थ्य मन्त्रालयले शनिबार दिएको तथ्यांक अनुसार कोरोना संक्रमणका २४ घण्टामा १९ जनाको मृत्यु भयो । त्यसमध्ये १० जनाको मृत्यु सुदूरपश्चिम प्रदेशमा मात्रै भएको छ । 

    सुदूरपश्चिम प्रदेशमा शनिबार १० जना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । पछिल्लो २४ घण्टामा कञ्चनपुरका ५ पुरुष र १ महिला, कैलालीका १ पुरुष, २ महिला र बझाङका १ पुरुषको मृत्यु निर्देशनालयले जनाएको छ । 

    शनिबार सो प्रदेशमा पीसीआर र एन्टिजेन प्रणालीबाट १ हजार ४ सय १५ जनाको नमूना परीक्षण गर्दा ४ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

    सुदूरपश्चिमको रेफरल अस्पताल, सेती प्रादेशिक अस्पताल मातहतको कोरोना अस्थायी अस्पतालमा ५९ सङ्क्रमित उपचाररत रहेकामध्ये तीन जना भेन्टिलेटरमा र १७ जनाको सघन उपचार कक्षमा राखेर उपचार व्यवस्थापन भइरहेको छ । 

    अक्सिजनको सहयोग लिएर ३४ र मोडरेड केसमा पाँच जनाको उपचार भइरहेको छ । प्रदेशमा १ हजार ८ सय ५२ सक्रिय बिरामी पुगेका छन् ।


    images

    Logo