काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले कार्तिक ४ गते शनिबार सूचना जारी गर्दै १५ दिनभित्र मोबाइल प्रणालीमा दर्ता गर्न समय दिएको थियो । सो समयसम्ममा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्णरूपमा लागू हुने उक्त सूचनामा जनाइएको थियो ।
मोबाइल फोनको अवैध आयात, प्रयोग र बिक्री–वितरण रोक्न भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले पटक–पटक एमडीएमएस लागू गरिएको घोषणा गरेको छ । तर पटक–पटक म्याद थप्दै आएको छ ।
प्राधिकरणले कार्तिक ४ गते जारी गरेको सूचना अनुसार १५ दिन आज पुग्छ । उक्त दिनपछि प्राधिकरणले एमडीएमएस सम्बन्धी कुनैपनि सूचना दिएको छैन । तोकिएको अन्तिम दिनसम्म पनि अर्को म्याद नथपिएका कारण भोलिबाट दर्ता नभएका मोबाइलमा ‘दूरसञ्चार सेवा अवरुद्ध’ हुनेछ ।