images
images

ओपनएआईमै फर्किए सीईओबाट बर्खास्त भएका साम अल्टम्यान, अध्यक्ष पनि फर्किने


  • 363
    SHARES
  • २०८० मंसिर ६ गते बुधबार

    ओपनएआईमै फर्किए सीईओबाट बर्खास्त भएका साम अल्टम्यान, अध्यक्ष पनि फर्किने

    काठमाडौं । केही दिनअघि मात्रै ओपनएआईको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट हटाइएका साम अल्टम्यान पुनः फर्किएका छन् । बुधबार ओपन एआईले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै सामको बापसीबारे जनाएको हो । 

    अल्टम्यानको बर्खास्तीको विरोधमा राजीनामा दिएका पूर्व राष्ट्रपति ग्रेग ब्रोकम्यान पनि फर्किने सम्भावना रहेको छ । 

    आर्टिफिसियल इन्टेलीजेन्स (एआई)का क्षेत्रमा काम गरिरहेको विश्वकै प्रभावशाली संस्था ओपनएआईको महत्वपूर्ण प्रडक्ट च्याटजीपीटी पनि हो ।

    गत साताको शुक्रबार पदबाट हटाइएका अल्टम्यान त्यहीँ फर्किनेदेखि माइक्रोसफ्टमा सामेल हुनेसम्मका कुरा चलेको थियो । तर, बुधबार ओपनएआईले एक्समा एक पोस्ट लेख्दै अल्टम्यानसँग नयाँ सम्झौतामा पुगेको बताएको हो ।


    images

    Logo