images
images

५५ इन्टरनेट सेवा प्रदायकमाथि कारबाही गर्दै दूरसञ्चार प्राधिकरण


  • 429
    SHARES
  • २०८० मंसिर १४ गते बिहीबार

    ५५ इन्टरनेट सेवा प्रदायकमाथि कारबाही गर्दै दूरसञ्चार प्राधिकरण

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ५५ वटा इन्टरनेट सेवा प्रदायकले कारबाही अघि बढाएको छ । टिकटक बन्दबारे जानकारी नदिएका ती सेवा प्रदायकमाथि २४ घण्टे अल्टिमेटमसहित कारबाहीको चेतावनी दिएको हो । 

    नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द भए नभएको जानकारी केही दिनअघि सर्कुलर गरेको थियो । तर, अझै पनि एक तिहाइ सेवा प्रदायकले यस्तो जानकारी दिएका छैनन् । ती सेवाप्रदायकको नाम सार्वजनिक गर्दै प्राधिकणले २४ घण्टाभित्र विवरण नपठाए कानूनबमोजिम कारबाही गर्ने जनाएको हो । 

    हाल प्राधिकरणबाट १२७ इन्टरनेट सेवा प्रदायकले अनुमति लिएका छन् । तीमध्ये यसरी जानकारी नदिनेको संख्या ४३ प्रतिशत हुन आउँछ । यद्यपि ग्राहक संख्याका आधारमा यस्तो संख्या नगन्य मात्रै हो । धेरै ग्राहक संख्या भएका इन्टरनेट सेवा प्रदायकले टिकटकमाथि प्रतिबन्ध लगाएर त्यसको जानकारी प्राधिकरणमा पठाइसकेका छन् । 

    मन्त्रिपरिषद्को निर्णय बमोजिम तिहारदेखि टिकटक बन्द गरिएको थियो । उक्त निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।  


    images

    Logo