images
images

टेलिकम उपकरण रिसाइक्लिङ गर्दै नोकिया र ओेरेन्ज कम्पनी


  • 368
    SHARES
  • २०८० मंसिर १४ गते बिहीबार

    टेलिकम उपकरण रिसाइक्लिङ गर्दै नोकिया र ओेरेन्ज कम्पनी

    काठमाडौं । ओरेन्ज र नोकियाले संयुक्त राष्ट्र एजेन्सीसँग मिलेर इजिप्टमा टेलिकम उपकरण रिसाइक्लिङ पाइलट सुरु गरेका छन् ।

    ओरेन्ज इजिप्ट र संयुक्त राष्ट्र औद्योगिक विकास संगठन (युनिडो) ले युरोपेली संघ र फिनल्याण्डको सह-लगानीमा सर्कुलर इकोनोमी भ्यालु चेन प्रोजेक्ट (SWITCH2CE) अन्तर्गत पाइलट योजना स्थापना गर्दैछ ।

    पाइलट कार्यक्रमले इजिप्टको मोबाइल उपकरण र नेटवर्क उपकरण बजारहरूलाई लक्षित गर्ने बताईएको छ ।

    नोकिया, सोफ्रेकम ग्रुप, ईटाडवीर र कार्डन ग्रुपलगायत स्थानीय र अन्तर्राष्ट्रिय साझेदारहरू पाइलटमा सामेल हुनेहरू मध्ये हुन् ।

    यो पाइलट प्रोजेक्टले वातावरणमा सकारात्मक प्रभाव पार्ने र ई-फोहोरको रिसाइकललाई औपचारिक रूपमा र उत्पादनको जीवनकाल विस्तार गरेर कार्बन फुटप्रिन्ट कम गर्ने अपेक्षा गरिएको छ ।

    यसका साथै अफ्रिका र मध्य पूर्व हब बन्ने महत्वाकांक्षाका साथ स्थानीय बजारलाई सेवा दिन नेटवर्क उपकरण र मोबाइल उपकरण नवीकरण केन्द्रहरू स्थापना गरिने बताईएको छ ।


    images

    Logo