images
images

डीडीसीले अझै तिरेन किसानको ६ अर्ब दूधको पैसा, संघर्ष गर्ने किसानको चेतावनी


  • 381
    SHARES
  • २०८० मंसिर २१ गते बिहीबार

    डीडीसीले अझै तिरेन किसानको ६ अर्ब दूधको पैसा, संघर्ष गर्ने किसानको चेतावनी

    काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले नेपाली किसानको ६ अर्ब रुपैयाँ भन्दा धेरै रकम भुक्तानी नगरेकोप्रति अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले विरोध गरेको छ । 

    संगठनका केन्द्रीय अध्यक्ष चित्रबहादुर श्रेष्ठले बिहीबार एक विज्ञप्ति जारी गर्दै डीडीसीले समयमै भुक्तानी नदिँदा देशका ३० लाख किसान परिवार समस्यामा परेको जनाएका छन् ।

    ‘किसानले बिक्री गरेको दूधको करिब ६ अर्ब रुपैयाँ विगत ६ महिनादेखि भुक्तानी नभएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी डीडीसी र विभिन्न निजी कम्पनीबाट किसानको अर्बौं रुपैयाँ भुक्तानी नगर्ने लज्वास्पद कार्यको घोर भत्सर्ना गर्दै किसानको रकम तुरुन्त भुक्तानी गर्न जोडदार माग गर्दछौँ ।

    विज्ञप्तिमा किसानलाई दूधको मूल्य नदिएको संस्थानले धुलो दूधको आयात बढाएको भन्दै विरोध गरिएको छ । 

    press release.jpg


    images

    Logo