images
images

कोरियाको सिप बिल्डिङमा अनुत्तीर्ण भएकाहरुले पनि ईपीएसका लागि आवेदन दिन सक्ने (सूचनासहित)


  • 494
    SHARES
  • २०८० पौष १२ गते बिहीबार

    कोरियाको सिप बिल्डिङमा अनुत्तीर्ण भएकाहरुले पनि ईपीएसका लागि आवेदन दिन सक्ने (सूचनासहित)

    काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला गरिएको छ । उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ईपीएस कोरिया शाखाले आवेदन फाराम खुला गरेको जनाएको छ ।

    उनीहरूलाई पुस १३ गते बिहान १० बजेदेखि ३ बजेसम्म ईपीएस शाखा ग्वार्कोमा सक्कल पासपोर्ट, पासपोर्ट साइजको फोटो, सिप बिल्डिङ परीक्षाको प्रवेशपत्र र तोकिएको शुल्क लिई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

    ईपीएस शाखाले मंसिर १९ गते उत्पादनमूलक क्षेत्रका लागि कोरियन भाषा परीक्षाको आवेदन फाराम खुलाएको थियो । उक्त सूचनामा अन्य क्षेत्र तर्फ कोरियन भाषाको परीक्षाको लागि आवेदन दिएका आवेदकले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न नपाउने उल्लेख थियो ।

    शाखाको उक्त सूचनाविरुद्ध सिप बिल्डिङ क्षेत्रमा सामेल भएका १८ जना आवेदकले उच्च अदालत पाटनमा निवेदन पेस गरेका थिए ।

    निवेदनमा उच्च अदालत पाटनले पुस ५ गते अन्तरिम आदेश जारी गर्दै निवेदकलाई फाराम भर्न रोक नलगाउनु र आवेदन फाराम भर्न दिनु भनी अन्तरिम आदेश जारी गरेको थियो ।

    उच्च अदालतमा निवेदन दिनेलाई पुस १३ गते आवेदन फाराम भर्नका लागि ईपीएस कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको हो ।

    Screenshot 2023-12-28 055702.png


    images

    Logo