images
images

कोरियन भाषा परीक्षाका लागि एकैदिनमा ४ हजारले दिए आवेदन


  • 407
    SHARES
  • २०८० पौष १७ गते मंगलबार

    कोरियन भाषा परीक्षाका लागि एकैदिनमा ४ हजारले दिए आवेदन

    काठमाडौं । कोरियन भाषा परीक्षाका लागि एकैदिनमा ४ हजारले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार सोमबार साँझ ६ बजेसम्ममा ४ हजार जनाले आवेदन दिएक हुन् । 

    रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत जहाज निर्माण क्षेत्रका लागि कोरियन भाषा परीक्षामा सामेल भइसकेकाहरूले पनि सोमबारदेखि उत्पादनमूलक क्षेत्रका लागि पनि आवेदन दिन पाइरहेका छन् । 

    सोही माग गर्दै गत शुक्रबार ललितपुरको बालकुमारीमा आन्दोलन गर्दा प्रहरीको दमनबाट २ युवक मारिएपछि सरकारले अन्य क्षेत्रमा सामेल भइसकेका परीक्षार्थीले पनि निर्माण क्षेत्रका लागि कोरियन भाषा परीक्षाको फाराम भर्न पाउने व्यवस्था गरेको हो ।  

    त्यसयता युवाहरूले ईपीएस कोरिया शाखामा दैनिक कोरियन भाषा परीक्षाको फाराम भरिरहेका छन् ।   


    images

    Logo