काठमाडौं । ट्रंक लाइन र डेडिकेटेड फिडरमार्फत् उद्योग चलाएका उद्योगीहरुले लोडसेडिङ बाहेक अन्य समयको अतिरिक्त महसुल तिर्नु नपर्ने भएको छ । विद्युत् नियमन आयोगको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
नेपाल विद्युत् प्राधिकरणले २०७५ वैशाख ३१ मा लोडशेडिङ अन्त्य भएको घोषणा गरेको थियो । आयोगको बैठकले २०७५ पछि मुलुकमा लोडशेडिङ भएको रहेछ भने मात्रै प्राधिकरणले अतिरिक्त महशुल लिन पाउने, अन्यथा नपाउने निर्णय गरेको आयोग सचिव गोकर्णराज पन्थले जानकारी दिए ।
उनका अनुसार आयोगले २०७७ असार १ मा डेडिकेटेड फिडर र ट्रंक लाइनको अतिरिक्त महशुल खारेज गरेको थियो ।