images
images

फूल भर्सनमा आयो आयो नागरिक एप, के के थपिए सुविधा ? 


  • 544
    SHARES
  • २०७८ बैशाख १९ गते आइतबार

    फूल भर्सनमा आयो आयो नागरिक एप, के के थपिए सुविधा ? 

    काठमाडौं । सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरबाट सरकारले नागरिक एपको फूल भर्सन सार्वजनकि  गरेको छ । आज बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आइतबार नागरिक एपको औपचारिक सुरुवात गरेका हुन् । 

    एप सवा पाँच लाखभन्दा बढीले डाउनलोड गरेको उक्त एपमा एक लाख ९१ हजारभन्दा बढी प्रयोगकर्ताले एप सञ्चालनका लागि दर्ता गराइसकेको बताइएको छ । उक्त एपबाट नागरिक लगानी कोष, कर्मचारी सञ्चयकोष र सामाजिक सुरक्षा कोषमा रहेको आफ्नो विवरण हेर्न सकिने सुविधा उपलब्ध छ । 

    नागरिक एपबाट सवारीसाधनको राजस्व तथा नवीकरण शुल्क तिर्न सकिनेछ । एपबाट आफ्नो लालपूर्जा तथा जग्गाको कित्ता अनलाइनमा हेर्न, प्रिन्ट गर्न र राजस्व तिर्न सकिनेछ ।

    एसएलसी र प्लसटू तहका शैक्षिक विवरणसमेत एपबाट हेर्न सकिने व्यवस्था गरिएको छ ।  पछिल्लो समय स्वास्थ्य बीमाको जानकारी हेर्न सकिने सुविधा पनि यसमा थपिएको छ । यसबाट नागरिकता, राहदानी र मतदाता परिचयपत्रजस्ता विवरण पनि हेर्न सकिन्छ ।

    नागरिक एपको बेटा संस्करण सार्वजनिक भएदेखि नै स्थायी लेखा नम्बर लिन सकिने सुविधा रहेकोमा केही समय अघिदेखि यसैबाट पुलिस क्लियरेन्स रिपोर्ट समेत प्राप्त गर्न सकिने छ ।

    सरकारी सेवा एउटै एपबाट दिने उद्देश्यसहित सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले गत माघ २ गते नागरिक एपको बेटा संस्करण सार्वजनिक गरेका थिए । नेपालका जुनसुकै मोबाइल नम्बरबाट नागरिक एपको खाता खोल्न सकिने भएको छ । 
    भूमिसुधारमा रहेको आफ्नो जग्गाको स्थिति थाहा पाउन सकिनेछ, स्थानीय तहबाट सिफारिस लिने तथा कर तिर्ने लगायतका सेवा पनि एपले नै दिनेछ । एपबाट नागरिक पहिचान प्रमाणीकरण गर्न सकिने क्यूआर कोड राखिएको छ ।

    जसको सहयोगमा हाल एपबाटै बैंक खाता खोल्न सकिने सेवा सुविधा उपलब्ध गराइएको छ । अब यसलाई क्रमशः लोकसेवाको फारम भर्ने, सिम कार्ड खरिद गर्ने, सरकारी तथा सार्वजनिक सेवा लिने लगायतका काममा समेत प्रयोगमा ल्याइने सरकारी घोषणा छ ।

     


    images

    Logo