काठमाडौं । नेपाल सरकारले द्वन्द्वग्रस्त मुलुकहरु रसिया र युक्रेनका लागि श्रम स्वीकृति दिन रोक लगाएको छ । वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै दुवै देशमा व्यक्तिगत तथा संस्थागत रूपमा श्रम स्वीकृति दिन रोक लगाएको हो ।
नेपाली नागरिकहरू रसिया जाँदा हुनसक्ने थप क्षतिलाई न्यूनीकरण गर्न र यस विषयलाई मध्यनजर गर्दै हाललाई अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको उक्त सूचनामा विभागले जनाएको छ ।
