काठमाडौं । ठूलो मात्रामा सशस्त्र प्रहरीमा नयाँ भर्नाका लागि आवेदन माग गरेको छ । शुक्राबार प्रकाशित सूचना अनुसार ९९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर), ९८ जना प्रहरी सहायक निरीक्षक (असई) ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना माली पदमा नयाँ भर्नाको दरखास्त आह्वान गरेको हो ।
सशस्त्र प्रहरीमा जागीर खाना चाहाने व्यक्तिहरूले माघ १० गतेसम्म दरखास्त दिन सक्ने छन् । प्रहरी निरीक्षकका लागि २१ वर्ष पुरा भई २५ वर्षसम्म र सहायक निरीक्षकको लागि २१ वर्ष पुरा भई २३ वर्षसम्मकाले दरखास्त दिन सक्ने छन । उम्मेदवारहरूले अनलाइनमार्फत पनि आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।