images
images

गण्डकी प्रदेशमा २.६८ प्रतिशतले घट्यो कृषि क्षेत्र


  • 597
    SHARES
  • २०८० पौष २२ गते आइतबार

    गण्डकी प्रदेशमा २.६८ प्रतिशतले घट्यो कृषि क्षेत्र

    काठमाडौं । गण्डकी प्रदेशमा कृषि बालीहरूले ढाकेको क्षेत्रफलमा अघिल्लो वर्षको तुलनामा २.६८ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७९÷८० मा उक्त क्षेत्रफल २०७८÷७९ को तुलनामा २.६८ प्रतिशतले घटेर ४ लाख ७५ हजार ६३३ हेक्टर कायम भएको हो । 

    उक्त प्रदेशमा मसलाले ढाकेको क्षेत्रफलमा वृद्धि भएको छ भने खाद्य, नगदे तथा अन्य बाली, तरकारी र फलफूलको खेती गरिएको क्षेत्रफल घटेकाले समग्रतामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफलमा २.६८ प्रतिशतले ह्रास आएको उक्त सर्वेक्षणको प्रतिवेदनमा जनाइएको छ । 

    तरकारीले ढाकेको क्षेत्रफल ०.७६ प्रतिशतले र फलफूलले ढाकेको क्षेत्रफल १.१६ प्रतिशतले घटेको छ भने मसलाबालीले ढाकेको क्षेत्रफल ४.५५ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । 

    समीक्षा वर्षमा फलफूलको उत्पादन ०.६९ प्रतिशतले र मसलाको उत्पादन ३४.३३ प्रतिशतले वृद्धि भएको छ । यसमध्ये स्याउ र सुन्तलाको उत्पादन क्रमशः १३.१९ प्रतिशत र १.४९ प्रतिशत ले वृद्धि भएको छ भने आँप र केराको उत्पादन क्रमशः ६.६५ प्रतिशत र २.७७ प्रतिशतले ह्रास आएको छ ।

    समीक्षा वर्षमा खाद्य तथा अन्य बालीको उत्पादन समग्रमा ०.७५ प्रतिशतले ह्रास आएको छ । यसमध्ये मकै (२.३१ प्रतिशत), गहुँ (४.५१ प्रतिशत), उखु (२.४१ प्रतिशत), र दलहन (२.०१ प्रतिशत) को उत्पादन वृद्धि भएको छ । त्यसैगरी, धान, कोदो, जौं, फापर, आलु, भटमास र तेलहनको उत्पादन पनि क्रमशः ३.७ प्रतिशत, ४.१४ प्रतिशत, १९.५५ प्रतिशत, ५.४७ प्रतिशत, १.३३ प्रतिशत, १.१७ प्रतिशत, र ९.९३ प्रतिशतले घटेको सर्वेक्षणले देखाएको छ ।

    पशुजन्य उत्पादनतर्पm दुधको उत्पादन २.८९ प्रतिशत, अण्डाको उत्पादन १.९१ प्रतिशत, र मासुको उत्पादन १.२६ प्रतिशतलेह्रास आएको छ । वनजन्य उत्पादनतर्पm काठको उत्पादन ६७ प्रतिशतको उल्लेख्य वृद्धि भएको छ भने दाउराका उत्पादन २४.३१ प्रतिशतले वृद्धि भएको राष्ट्र बै्रंकले जनाएको छ । 

    २०७९ असार मसान्तमा गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले कृषि, वन र माछापालन क्षेत्रमा ३१ अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । जुन यस प्रदेशमा प्रवाहित कुल कर्जाको ८.८ प्रतिशत रहेको छ ।


    images

    Logo