images
images

पेट्रोलियम पदार्थको मूल्य यथावत, आईओसीले भने मूल्य बढायो


  • 365
    SHARES
  • २०७८ बैशाख १९ गते आइतबार

    पेट्रोलियम पदार्थको मूल्य यथावत, आईओसीले भने मूल्य बढायो

    काठमाडौं । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै जाँदा भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमसँग लिने मूल्य बढाएको छ । प्रत्येक १५/१५ दिनमा मूल्य समायोजन गर्ने सहमति अनुसार आईओसीले मूल्य बढाएको हो । 

    आईओसीबाट मूल्य बढेर आए पनि नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको मूल्यलाई यथावत नै राखेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले स्वचालित मूल्यप्रणाली अनुसार मूल्य समायोजन गर्नुपर्ने भए पनि कोभिडको दोस्रो लहरबाट सिर्जित परिस्थितिलाई मनन गर्दै मूल्य नबढाइएको बताए ।

    अहिले निगमलाई प्रतिलिटर पेट्रोलमा ८.७६ रुपैयाँ, डिजेलमा ३.४२ रुपैयाँ र प्रतिसिलिन्डर एलपी ग्यासमा ३ सय ७५.१३ रुपैयाँ नोक्सान रहेको छ । यो नोक्सानको कारणले निगामलाई पाक्षिक रुपमा करिब १ अर्ब नोक्सानको अवस्था रहेको प्रवक्ता उपाध्यायले जानकारी दिए ।


    images

    Logo