images
images

टेलिकमले ल्यायो विन्टर अफर, कस्ता छन् नयाँ सुविधा ?


  • 507
    SHARES
  • २०८० पौष २६ गते बिहीबार

    टेलिकमले ल्यायो विन्टर अफर, कस्ता छन् नयाँ सुविधा ?

    काठमाडौं । नेपाल टेलिकमले विन्टर अफर ल्याएको छ । टेलिकमले भोलि (२०८० पुस २७) देखि लागु हुने गरी विन्टर अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याकहरु उपलब्ध गराउने भएको हो । 

    टेलिकमले यस अघि उपलब्ध भइरहेको फोरजी डाटा अफरलाई अझै आकर्षक बनाएको छ । यस अनुसार १ दिनको समयावधिका  लागि १९ रुपैयाँमा ४०० एमबी र ३३ रुपैयाँमा १२०० एमबी डाटा उपलब्ध हुने टेलिकमले जनाएको छ । त्यसैगरी ७ दिनको समयावधिका लागि लागि १०९ रुपैयाँमा ५ जीबी र २८ दिनको समयावधिका लागि २९८ रुपैयाँमा ७ जीबी डाटा उपलब्ध हुनेछ । 

    स्टे कनेक्टेड प्याक अन्तर्गत ५ दिनको समयावधिका लागि १०९ रुपैयाँमा ६ जीबी डाटा तथा १३९ रुपैयाँमा ६ जीबी डाटा र १७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ । त्यसैगरी २ घण्टाको समयावधिका लागि ३५ रुपैयाँमा अनलिमिटेड प्याक उपलब्ध हुनेछ । 

    यस अघि उपलब्ध अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याक लगायतका विभिन्न आकर्षक प्याकहरु समेत उपलब्ध हुने टेलिकमले जनाएको छ । त्यसैगरी नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १ जीबी डाटा प्याक पनि निरन्तर रुपमा उपलब्ध हुनेछ । 

    विन्टर अफर अन्तर्गतका विभिन्न प्याक प्राप्त गर्नका लागि ग्राहकले 1415*1# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस अफर सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ । 


    images

    Logo