images
images

मारुती ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्ने पहिलो कम्पनी


  • 832
    SHARES
  • २०७८ बैशाख १९ गते आइतबार

    मारुती ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्ने पहिलो कम्पनी

    काठमाडौं ।  ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी मारुती सिमेन्ट बनेको छ । यसअघि ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गरिरहेको कम्पनीले हाल ५३ र ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन थालेको हो । 

    कम्पनीले सो अवसरमा आफ्ना ग्राहकप्रति आभार व्यक्त गरेको छ । जसका कारण अहिले मारुती सिमेन्ट विश्वसनीय ब्रान्डको रूपमा स्थापित भइसकेको छ ।  आगामी दिनमा गुणस्तरलाई थप मजबुत बनाउने प्रण कम्पनीले गरेको छ । 

    कम्पनीले हाल उदयपुरमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक जर्मन प्रविधिबाट  अन्तर्राष्ट्रिय स्तरको ओपीसी मारुती सिमेन्ट उत्पादन गरिरहेको कम्पनीका ब्रान्ड मार्केटिङ प्रमुख राजु श्रेष्ठले बताए । 

    नेपालमा ५३ र ४३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी हो । आम उपभोक्ता, कनट्रयाक्टर तथा इन्जिनियरहरूको सहयोगबाट कम्पनीले सो कार्य गर्न सफल भएको बताइएको छ । 

     


    images

    Logo