images
images

एआईका कारण ४० प्रतिशत रोजगारी गुम्ने आईएमएफको चेतावनी


  • 468
    SHARES
  • २०८० माघ २ गते मंगलबार

    एआईका कारण ४० प्रतिशत रोजगारी गुम्ने आईएमएफको चेतावनी

    काठमाडौं । विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रभुत्व तीव्रगतिमा बढिरहेको छ । जनवरी १५ मा स्वीट्जरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्च आईएमएफको बैठकमा आईएमएफ प्रमुख क्रिस्टालिना जर्जिएभाले एआईलाई लिएर ठूलो चेतावनी दिएकी हुन् । 

    आईएमएफको नयाँ प्रतिवेदनलाई उद्धृत गर्दै जर्जिएभाले भनिन्, ‘एआईको प्रभाव विकासोन्मुख देशहरुमा कम हुन सक्छ तर विश्वव्यापी रुपमा करिब ४० प्रतिशत रोजगारी एआईबाट प्रभावित हुन सक्छ । यसले उन्नत अर्थतन्त्रमा ६० प्रतिशत रोजगारीलाई असर गर्नेछ । तपाइँसँग जति धेरै उच्च कुशल कामहरु छन्, त्यति नै ठूलो प्रभाव पर्नेछ ।’

    आईएमएफको प्रतिवेदनले एआईबाट प्रभावित हुने अपेक्षा गरिएका कामहरुमध्ये आधामात्रै नकारात्मक असर पर्ने जनाएको छ । अरुले वास्तवमा एआईको कारणले बढेको उत्पादकताबाट लाभ उठाउन सक्छन् । जर्जिएभाले भनिन्, ‘तपाइँको जागिर पूर्णतया समाप्त हुन सक्छ वा नहुन सक्छ वा एआईले तपाइँको कामलाई अझ बढाउन सक्छ । तपाइँ वास्तवमा अधिक उत्पादक हुनुहुनेछ र तपाइँको आय स्तर बढ्न सक्छ ।’

    जर्जिएभाले सन् २०२४ विश्व अर्थतन्त्रका लागि कठिन वर्ष हुन सक्ने बताइन्। कोरोनाको समयमा लिइएको ऋणको जालबाट विश्व अझै उम्कन सकेको छैन । यही बेला यो वर्ष विश्वका ८० भन्दा बढी देशहरुमा चुनाव हुँदैछ । यस्तो अवस्थामा सरकारले जनतालाई लोभ्याउन पैसा खर्च गर्छ । यसले देशको ऋण थप बढाउँछ ।


    images

    Logo