काठमाडौं । दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि लिइने रोजगार अनुुमति प्रणाली (इपिएस) भाषा परीक्षा यसअघि तोकेकै समयमा हुने जनाइएको छ ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाले मानव संसाधन विभाग (एचआरडी) कोरियाले यसअघि तोकेको समय माघ २१ गते (फेब्रुवरी) मा गर्ने तयारी भएको जनाएको छ ।
सो शाखाका निर्देशक मैयाँ कँडेलले परीक्षा तोकेकै समयमा परीक्षा सञ्चालन गर्ने गरी तयारी भएको जानकारी दिइन् । एचआरडी कोरियाले इपिएस शाखालाई माघ २१ गते (फेब्रुअरी ४) मा सूचना जारी गर्ने गरी तयारी गर्न भनेको छ ।