images
images

वैदेशिक रोजगार बोर्ड र मलेसियाको निजी कम्पनीबीच भएको सम्झौता कार्यान्वयन नहुने


  • 317
    SHARES
  • २०८० माघ ८ गते सोमबार

    वैदेशिक रोजगार बोर्ड र मलेसियाको निजी कम्पनीबीच भएको सम्झौता कार्यान्वयन नहुने

    काठमाडौं । वैदेशिक रोजगार बोर्ड र मलेसियाको निजी कम्पनीबीचको सम्झौता तत्काल कार्यान्वयन नहुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बोर्डलाई पत्राचार गर्दै उक्त सम्झौता तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको हो । 

    मन्त्रालयले निर्देशन दिएसँगै बोर्डले प्रेस विज्ञप्ती जारी गर्दै सम्झौता तत्कालका लागि कार्यान्वयन नहुने जनाएको छ ।

    यसअघि बोर्डले नेपाली श्रमिकको कल्याणकारी कामका लागि भन्दै रोजगारदातासँग प्रतिकामदार ४५ डलर थप उठाउने गरी मलेसियाको निजी कम्पनीसँग सम्झौता गरेको थियो ।

    मलेसियामा रहेका नेपाली श्रमिकहरुको राहत, उद्धारलगायतका कल्याणकारी काम गर्ने भन्दै सम्झौता भएपछि अन्ततः यसले श्रमिकमाथि नै आर्थिक भार थोपर्ने भन्दै आलोचना भइरहेको थियो । 


    images

    Logo