काठमाडौँ । सर्च इन्जिन गुगलले युजरको बैंकबाट पैसा चोरी गरेको भन्दै प्ले स्टोरबाट ८ खतरनाक एप्स हटाएको छ । गुगलले बिट फण्ड्स, बिट कोइन, माइन बिट प्रो जस्ता मोबाइल एप हटाएको हो ।
यस्ता मोबाइल एप्लिकेशनले युजरर्सको निजी डाटा चोर्नुको साथै बैंक एकाउन्टबाट पैसा चोरि गरेको कम्पनीले जनाएको छ । यसअघि पनि गुगलले लोकेशन डेटा एप सेफग्राफ हटाएको थियो । उक्त एपले प्रयोगकर्ताको लोकेशन जानकारी कोभिड म्यापिङको लागि बेचेको आरोप लगाउँदै हटाएको थियो ।
रिसर्च फर्म ट्रेण्ड माइक्रोका अनुसार यी खतरनाक एप्लिकेशनहरुले प्रयोगकर्तालाई विज्ञापन देखाएर सब्सक्रिप्सन तथा अन्य चार्जको लागि पैसा असुलिरहेका थिए ।
गुगलले बिट फण्ड्स, बिट कोइन, माइन बिट प्रो, बिट कोइन माइनर, बिट कोइन (बीटीसी), क्रिप्टो हलिक, डेल्लि बिटकोइन रिवार्डस्, बिटकोइन २०२१ र इथेरम(ईटीएच) एप्लीकेशन हटाएको हो । अझै पनि १ सय २० भन्दा बढी क्रिप्टोकरेन्सि माइनिङ एप प्ले स्टोरमा रहेको ट्रेन्ड माइक्रोले जनाएको छ ।
हाल गुगलले यस्ता खतरनाक एप्लिकेशनहरु हटाइसकेको छ । साथै प्रयोगकर्ताको फोनमा यस्ता एप्लिकेशनहरु भए तुरन्त डिलेट गर्न सुचीत गरेको छ ।


