images
images

टीआईएबाट अब ३५ वटामात्रै आन्तरिक उडान, बुद्धलाई १८ वटा यतीलाई १० वटा


  • 555
    SHARES
  • २०७८ बैशाख १९ गते आइतबार

    टीआईएबाट अब ३५ वटामात्रै  आन्तरिक उडान, बुद्धलाई १८ वटा यतीलाई १० वटा

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अब २०÷२० मिनेटमा मात्रै जहाज उड्न सक्ने भएको छ । कोभिड संक्रमणको लागि स्वास्थ्य मापदण्ड पालना गर्न भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकबीचको छलफलले यस्तो मापदण्ड बनाएको हो । 

    सहमति अनुसार  त्रिभुवन विमानस्थलबाट अब दैनिक ३५ वटा उडान मात्र उडान हुनेछ । यसअनुसार  बुद्धले दैनिक १८ वटा मात्र उडान गर्नेछ । त्यस्तै, यती एयरलाइन्सले दैनिक १० वटा, श्री एयरलाइन्सले दैनिक ५ उडान गर्नेछ । 

    सौर्य एयरलाइन्सका लागि २ र दूर्गम भेगका लागि एउटा उडान तोकिएको छ । त्रिभुवन विमानस्थलबाट उडान संख्याको कोटा तोकिएसँगै वायुसेवा कम्पनीले सोमबारका लागि निर्धारित कतिपय उडान रद्द गरेका छन् ।

    एमसीसीले हवाई उडान रोक्न मन्त्रिपरिषदसमक्ष सिफारिस गरिसकेको अवस्थामा बायुसेवा क्षेत्रका दुई पक्षबीच यस्तो सहमति भएको हो । 


    images

    Logo