images
images

सोमबारदेखि हवाई उडानमा प्रतिबन्ध, क्यान र वायुसेवा सञ्चालकको सहमति निष्क्रिय


  • 765
    SHARES
  • २०७८ बैशाख १९ गते आइतबार

    सोमबारदेखि हवाई उडानमा प्रतिबन्ध, क्यान र वायुसेवा सञ्चालकको सहमति निष्क्रिय

    काठमाडौं । सोमबारदेखि हवाई उडान गर्न नपाइने भएको छ । सीसीएमसीको सिफारिस बमोजिम मन्त्रिपरिषद्ले हवाई उडान प्रतिबन्ध लगाउने निर्णय गरेको हो । 

    यसअघि सडाबाट गुड्ने सवारीसाधन सञ्चालनमा मात्रै प्रतिबन्ध लगाइएको थियो । तर, जहाजको सञ्चालन कायमै राख्ने निर्णयप्रति यातायात व्यवसायीले आपत्ति जनाएका थिए । 

    शनिबार सीसीएमसीले उडान प्रतिबन्ध लगाउन सिफारिस गरेको थियो । उक्त सिफारिसलाई मन्त्रिपरिषदले सदर गरेको हो । 

    यो निर्णयसँगै दिउँसो नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच भएको सहमति निष्क्रिय हुने भएको छ । 


    images

    Logo