images
images

म्यासेन्जर बिनानै फेसबुकबाट डाइरेक्ट कल र भिडियो कल हुने


  • 621
    SHARES
  • २०७८ भाद्र ९ गते बुधबार

    म्यासेन्जर बिनानै फेसबुकबाट डाइरेक्ट कल र  भिडियो कल हुने

    काठमाडौँ । सामाजीक सञ्जाल फेसबुकबाट डाइरेक्ट भिडियो कल हुने भएको छ । भिडियो कल गर्नको लागि म्यासेन्जर डाउनलोड गर्नुपर्ने बाध्यता हट्ने भएको छ । म्यासेन्जरमा मात्र उपलब्ध कल तथा भिडियो कल फिचर अब फेसबुकमा पनि थपिने भएको हो । 

    यसअघि भिडियो कल र कल गर्नको लागि फेसबुकले म्यासेन्जर र ह्वाट्समा मात्र उक्त सृुविधा उपलब्ध गराएको थियो । हाल फेसबुकबाटै कल तथा भिडियो कल गर्न मिल्ने फिचरको परिक्षण भइरहेको फेसबुकले जनाएको छ । परिक्षणपस्चात् प्रयोगकर्ताले उक्त सुविधा प्रयोग गर्न पाउनेछन् । 

    यसअघि फेसबुकले म्यासेन्जरलाई छुट्टयाएको थियो । म्यासेन्जरलाई कल तथा भिडियो कलको लागि मात्र प्रयोग गर्न मिल्ने फेसबुले बनाएको थियो । जुन प्रयोगकर्तामाझ निकै लोकप्रिय पनि रहेका छ । 


    images

    Logo