images
images

सरकारले डाक्टरी पढ्दै गरेकालाई पनि कोभिड उपचारमा खटाउने


  • 627
    SHARES
  • २०७८ बैशाख १९ गते आइतबार

    सरकारले डाक्टरी पढ्दै गरेकालाई पनि कोभिड उपचारमा खटाउने

    काठमाडौं । सरकारले डाक्टरी पढ्दै तथा पढाउँदै गरेका सबै विद्यार्थी तथा शिक्षकहरूलाई कोभिड–१९ को उपचारमा खटाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णय सार्वजनिक गर्दै देशमा सञ्चालित सबै मेडिकल कलेज र विश्व विद्यालयहरूलाई यस्तो व्यवस्था निर्देश गरेको हो ।

    कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि मन्त्रालयले यसको नियन्त्रण तथा उपचारमा लगाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै अध्ययन विदामा रहेका सबै स्वास्थ्य कर्मीहरूलाई पनि आ–आफ्नो दरबन्दी रहेको स्वास्थ्य संस्थामा हाजिर भई सेवा दिन निर्देशन दिएको छ ।

    त्यसैगरी मन्त्रालयले यसअघि पीसीआर परिक्षणमा लगाउँदै आएका बन्देजहरू पनि स्वास्थ्य मन्त्रालयले खुला गरेको छ । ए वर्गमा पर्ने सबै निजी प्रयोगशालाहरूको पीसीआर रिपोर्ट विदेश जाने प्रयोजनका लागि मान्यता मान्यता पाउने भएको छ । न्यूनतम एक सय बेड भएका अस्पतालमा आधारित रहेका पीसीआर परिक्षण केन्द्रलाई समेत विदेश जानेको पीसीआर गर्न अनुमति दिएको छ । 


    images

    Logo