images
images

निषेधाज्ञा १ साता थप्ने तयारी, सञ्चालन भइरहेका क्षेत्रपनि सीमित पारिदै

निषेधाज्ञाको कार्यान्वयन जाँच गर्न सीडीओ अनुगमनमा


  • 538
    SHARES
  • २०७८ बैशाख २० गते सोमबार

    निषेधाज्ञा १ साता थप्ने तयारी, सञ्चालन भइरहेका क्षेत्रपनि सीमित पारिदै

    काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज वा भोलि बैठक बसेर निषेधाज्ञाको मिति लम्ब्याउनेदेखि अहिले सञ्चालनमा आएका क्षेत्रलाई समेत सीमित पार्ने लागिएको बताए ।


    काठमाडौं । सरकारले निषेधाज्ञाको समय लम्ब्याउने तयारी थालेको छ ।  पछिल्ला दिनमा कोरोनाको संक्रमण भयावह बढ्दै गएपछि काठमाडौंलगायत उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरू वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी गर्ने तयारी शुरु गरेको हो । 

    काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज वा भोलि बैठक बसेर निषेधाज्ञाको मिति लम्ब्याउनेदेखि अहिले सञ्चालनमा आएका क्षेत्रलाई समेत सीमित पार्ने लागिएको बताए ।

    ‘कोभिड–१९ को प्रभाव बढ्दै गएको छ, यसलाई मध्येनजर गरेर अझ कडा गर्नुपर्ने अवस्था सिर्जना भइसकेकाले हामीले निषेधाज्ञाको मिति लम्ब्याउन लागेका हौं,’ उनले भने ‘अहिले म अनुगमनमा हिडिरहेको छु, आम नागरिक तथा सरोकारवालाबाट सरकारले जारी गरेको निर्देशन पालना भए नभएको हेर्दैछु ।’

    बिहान कोटेश्वरदेखि हिडेको अनुगमन बसपार्क हुँदै अहिले उनी बालाजुमा भएको बताए । निषेधाज्ञाको लागि जारी गरिएको निर्देशन पालना भएको छ कि छैन, अहिले बाटोबाटोमा हेरेर गर्दैछु । यसपछि सरकारी कार्यालयलेखि बैंक, वित्तीय संस्था तथा बीमालगायतका क्षेत्रको पनि यसरी नै अनुगमन हुनेछ ।’ निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनको लागि म आफै अनुगमनमा निस्केको पराजुलीले बताए । 

    अब बस्ने बैठकले हाल जारी गरिएको निषेधाज्ञाको समीक्षा गर्दै अर्को निर्णय गर्न लागिएको पनि उनले बताए ।  उपत्यकामा निषेधाज्ञा सुरु भएपछि दैनिक निषेधाज्ञाका नयाँ नयाँ शर्तहरू आइरहेका छन् । मन्त्रिपरिषद्को बैठकले आवश्यक परेमा निषेधाज्ञाको समय २ हप्तासम्म तोक्नका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुमति दिएको थियो । 

    अहिले अत्यावश्यकी वस्तु सहित खाद्यान्न, फलफूल तथा तरकारीका पसल बिहान बेलुका सञ्चालन गर्न दिइएको छ । यस विषयमा समेत पुर्नविचार गर्नुपर्ने हुन सक्ने उनले बताए । सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाका कर्मचारीको आवतजावतमा पनि थप कडाइ गर्ने तयारी गरिएको छ । राष्ट्र बैंक तथा बीमा समितिले एक चौथाइमात्र कर्मचारी राखेर सेवा सुचारु गर्न यस अघि नै आफू मातहतका संघ संस्थालाई निर्देशन दिइसकेको छ ।  


    images

    Logo