images
images

प्रजातन्त्र दिवसको अवसरमा शहिद परिवारका लागि नेपाल टेलिकमको विशेष अफर


  • 484
    SHARES
  • २०८० फाल्गुण ६ गते आइतबार

    प्रजातन्त्र दिवसको अवसरमा शहिद परिवारका लागि नेपाल टेलिकमको विशेष अफर

    काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा वीर शहिदहरुको सम्मानार्थ शहिद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर उपलब्ध गराएको छ । यो अफर आज २०८० फागुन ६ गतेदेखि प्रारम्भ भएको छ र आगामी फागुन १२ सम्म उपलब्ध हुनेछ ।

    यो अफर अन्तर्गत नेपाल टेलिकमले देशमा प्रजातन्त्र/लोकतन्त्र/गणतन्त्र प्राप्तिको लागि आहुति दिने वीर शहिदहरुको सम्मानार्थ शहिद परिवारलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराउने छ ।

    जस अनुसार साविक बमोजमको फ्रि रिसोर्स अर्थात १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा भएको तथा ३० दिनसम्म उक्त रिसोर्स चलाउन मिल्ने सिमकार्ड शहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने छ ।

    यस्तै एफटीटीएच अन्तर्गत ५० एमबीपीएसको इयर्ली वान टाइम प्याकेज र कम्बो इयर्ली वन टाइम प्याकेजमा सहुलियत प्रदान गरिएको छ ।

    कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ । यसअन्तर्गत एक एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधासहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध छ ।

    आगामी फागुन १२ गतेसम्म आफ्नो मोबाइलबाट *411*11# डायल गरी वा ‘नेपाल टेलिकमएप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ । यस अफरबाट सेवाग्राहीले लाभ लिन नेपाल टेलिकमले आग्रह गरेको छ ।


    images

    Logo