images
images

नेपाली नागरिकले भारतमा सहजै सिमकार्ड पाउने


  • 455
    SHARES
  • २०८० फाल्गुण ८ गते मंगलबार

    नेपाली नागरिकले भारतमा सहजै सिमकार्ड पाउने

    काठमाडौं । नेपाली नागरिकले पनि अबदेखि भारतीय सिमकार्ड प्राप्त गर्ने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले सामाजिक सञ्जाल एक्समार्फत साेबारेमा जानकारी दिएका हुन् ।

    डा. शंकर शर्माले सामाजिक सञ्जालमार्फत् दिएको जानकारीअनुसार “अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाइने भएको छ । पहिले प्राविधिक कारणले पाइँदैन थियो ।”

    उनले नेपाली राजदूतावासले औपचारिक अनुरोध गरेको केही हप्तामा यो निर्णय भएको बताएका छन् ।


    images

    Logo