images
images

एक महिनामै २२ हजार विदेशी नेपाल भित्रिए


  • 306
    SHARES
  • २०७८ बैशाख २० गते सोमबार

    एक महिनामै २२ हजार विदेशी नेपाल भित्रिए

    काठमाडौं । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

    अध्यागमन विभागले सार्वजनिक गरेको अप्रिल महिनाको तथ्याङ्कअनुसार एक महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै विभिन्न १४४ देशबाट २२ हजार ४५० विदेशी नेपाल भित्रिएका छन् । त्यसमा १७ हजार ५९४ पुरुष, चार हजार ८१९ महिला र ३७ अन्य नागरिक नेपाल भित्रिएका हुन् ।

    विभागको तथ्याङ्कअनुसार एक महिनामा सबैभन्दा धेरै भारतबाट १३ हजार २०२ भारतीय पर्यटक नेपाल भित्रिएका छन् । त्यसमा ११ हजार ८०४ पुरुष, एक हजार ३६२ महिला र ३६ जना अन्य नागरिक रहेका छन् । यसैगरी चीनबाट ८०३ पर्यटक नेपाल भित्रिएका छन् । सोमा ६६५ पुरुष र १३८ महिला छन् ।


    एक महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ५८ हजार ४४९ नेपाली स्वदेश फर्किएका छन् । त्यसमा ४८ हजार ७९९ पुरुष, नौ हजार ६४६ महिला र चार अन्य नागरिक छन् । यस्तै एक महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै ५१ हजार ७७५ नेपाली विदेशिएका छन् ।


    images

    Logo