images
images

डिजिटल कारोबारबाट झापाका उज्जवलले पाए हुण्डाइको गाडी उपहार


  • 580
    SHARES
  • २०७८ भाद्र १५ गते मंगलबार

    डिजिटल कारोबारबाट झापाका उज्जवलले पाए हुण्डाइको गाडी उपहार

    काठमाडौं । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्स्फर, चट्ट कार’  उपहार योजनाले बिजेतालाई गाडी हस्तान्तरण  गरेको छ । यस योजनामा झापा विर्तामोडका उज्जल अधिकारीले हुण्डाइको ग्राण्ड आइटेन गाडी जित्न सफल भएका हुन् । 

    उनलाई एक कार्यक्रमका बिच फोनपेका प्रमुख कार्यकारी अधिकृत अद्धेत तुलाधर र  नबिल बैंकका चिफ मार्केटिङ अफिसर कविन्द्र प्रसाद श्रेष्ठ र फोनपेका ब्राण्ड एम्बेष्डर सन्दिप क्षेत्रीले गाडि हस्तान्तरण गरेका छन्  । 

    यो योजना फाग्न २३ देखि असार मसान्तसम्म सञ्चालन भएको थियो । यस योजनामा नेपालभरीका कुनैपनि बैंकको आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत अन्य बैंकमा पैसा पठाउने ग्राहक सहभागी भएका थिए ।

    फोन पे डाइरेक्ट मार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ । जसबाट बिना बैंक खाता नम्बर, केवल पैसा पाउने व्यक्तिको मोबाइल नम्बर हालेर पैसा तुरुन्तै अर्को बैंक खातामा पठाउन सकिन्छ । 

    फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने ४ लाख ५० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्तातथा ४५ लाख बढि भुक्तानी सेवाप्रदायकका मोबाईल एप्स्मार्फत  यसले सेवाप्रदानगर्दै आएको छ ।फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि प्रमाणीकरण प्राप्त संस्थाहो । 

     


    images

    Logo