काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ०.४६ प्रतिशतले घटेको छ । नेप्से १२.३५ अंकले घटेर २६५२.७५ बिन्दुमा कारोबार भएको हो ।
सोमबार ७ अर्ब ५२ करोड रूपैंया बराबरको कारोबार भएको छ । आज भएको ८८ हजार ४ सय ८२ कारोबारबाट १ करोड ५९ लाख कित्ता सेयर कारोबार भएको छ ।
आइतबार ५.४ अंकले बढेको शेयर सोमबार घट्दा अझैं अन्योल देखिएको छ ।