काठमाडौं । भृकुटीमण्डपमा ‘च्याम्बर एक्स्पो २०२४’ सुरु भएको छ । नेपाल च्याम्बर अफ कमर्सको आयोजनामा भएको उक्त एक्स्पो श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले उद्घाटन गरेका हुन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाली उत्पादनको बजारीकरण,प्रविधिको उच्चतम प्रयोग र नेपाली उत्पादनलाई नजिकबाट नियाल्न एक्स्पोले सहयोग गर्ने बताए । उनले भने,‘अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेको आर्थिक क्रियाकलाप, नवीनतम प्रविधिको प्रयोग एवं व्यापार प्रवद्र्धनका नयाँ आयामहरु न्जिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीलाई सहयोग पुग्छ भन्ने विश्वास लिएको छु। साथै उत्पादन वृद्धि र निर्यात प्रवद्र्धन गर्न सहयोग गर्न सहयोग पुग्छ भन्ने हामीले विश्वास लिएका छौं।’
एक्स्पोमा विगतका वर्षहरुमा झै कृषिजन्य वस्तुहरु, हस्तकलाका सामानहरु, अटोमोबाइल, इलेट्रोनिक्सलगायतका प्रदर्शनीले दर्शकलाई आकर्षक गर्ने दाबी गरे।
बङ्गलादेश, भारत, दक्षिण कोरिया, पाकिस्तानबाट समेत व्यवसायीहरूले प्रदर्शनीमा सहभागिता जनाउने प्रदर्शनीमा हस्तकलाका वस्तु, घर–जग्गा व्यवसायी, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निर्माण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू प्रदर्शनमा रहने आयोजकले जनाएको छ।
त्यस्तै, उद्घाटन कार्यक्रममा बोल्दै श्रममन्त्री डीपि अर्यालले नेपालको अर्थतन्त्र विकासमा नेपाल चेम्बर अफ कमर्सले ठूलो योगदान पुर्याएको भन्दै संसारभरिको सम्बन्ध गौरवको विषय भएको बताए ।


