काठमाडौं । अटोमोबाईल्स व्यवसायीहरूले मूल्य अभिवृद्धि कर विवरण बुझाउने म्याद थप्न अनुरोध गरेका छन् । अटोमोबाईल्स एसोसिएशनले आयोजना गरेको भर्चुअल बैठकमा व्यवसायीहरूले कर तिर्न सक्ने अवस्था नरहेको बताएका हुन् ।
उनीहरूले कर बुझाउने म्याद लकडाउन खुलेको १ हप्ता पछिसम्मका लागि थप्न अनुरोध गरेका छन् । हाल सरकारले नयाँ भेरिएण्टको कोरोना बढदो क्रममा रहेको सन्दर्भमा आम जनताको सुरक्षाको लागि राजधानीमा निषेधाज्ञा लागू गरेको छ ।
व्यवसायीहरूले आन्तरिक राजस्व विभागमा मूल्य अभिबृद्धि कर विवरण एवम् कर रकम बुझाउन सक्ने अवस्था नरहेको र स्वास्थ रक्षाको दृष्टिकोणले पनि व्यवसायीहरू कार्यालय जान नसक्ने अवस्था रहेको कर तिर्ने म्याद थप गर्न माग गरेका हुन् ।
वैशाख २५ गतेसम्म बुझाउनु पर्ने म्याद सरकारले निषेधाज्ञा खोलेको मितिबाट एक हप्ता कर तथा आवश्यक कागजातहरू बुझाउन सकिने व्यवस्था गर्न माग गरिएको हो ।


