images
images

क्लासीक टेक बिरुद्ध समाचार लेख्ने अनलाइन न्युज पोर्टल ब्लक


  • 506
    SHARES
  • २०७८ भाद्र १७ गते बिहीबार

    क्लासीक टेक बिरुद्ध समाचार लेख्ने अनलाइन न्युज पोर्टल ब्लक

    काठमाडौँ । कम्पनीको बिरुद्ध समाचार प्रकाशित गरेको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले अनलाईन न्युज पोर्टललाई ब्लक गरेको छ । क्लासिक टेकले ओबी मिडिया प्रालिको आवर विराटनगर नामक अनलाइन पोर्टललाई ब्लक गरेको हो । 

    भदौ ११ गते क्लासिक टेकको विराटनगर सेवा केन्द्रमा सेवाग्राहीले तालाबन्दी गरेका थिए । उक्त घटनाको समाचार लेखेको भन्दै न्युज पोर्टल ब्लक गरिएको नेपाल पत्रकार महासंघले जनाएको छ । 

    महासंघका महासचिव रोसन पुरीले विज्ञप्ती जारी गर्दै मिडियामाथि भएको उक्त घटनाले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । विज्ञप्तीमा प्रकाशित समाचारप्रति चित्त नबुझे वा गुनासो रहे त्यसउपर कानुनी उपचार खोजिनुपर्ने उल्लेख छ । तर, सेवा प्रदायकले यसरी अनलाइन सेवालाई ब्लक गरी प्रतिबन्ध लगाइनु कानुनविपरीत हुनुका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको महासंघले जनाएको छ ।  

    सेवा प्रदायकले लगाएको प्रतिबन्ध तत्काल हटाउन महासंघले ध्यानाकर्षण गराएको छ । साथै, उक्त कम्पनीलाई कारबाहीको लागि नेपाल दुरसञ्चार प्राधिकरणलाई आग्रह गरेको छ । 


    images

    Logo