images
images

८ महिनामा २९ अर्ब १३ करोड विदेशी लगानी प्रतिवद्धता, कुन महिनामा कति ?


  • 376
    SHARES
  • २०८० चैत्र ४ गते आइतबार

    ८ महिनामा २९ अर्ब १३ करोड विदेशी लगानी प्रतिवद्धता, कुन महिनामा कति ?

    काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को पहिलो ८ महिनामा २९ अर्ब १३ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता प्राप्त भएको छ । उद्योग विभागले सार्वजनीक गरेको तथ्यांक अनुसार विदेशी संघसंस्थाहरुले नेपालका २५३ उद्योगका लागि २९ अर्ब १३ करोड ४५ लाख १७ हजार रुपैयाँ बराबर रकम लगानीको लागि अनुमति लिएका हुन् । 

    चालु आर्थिक वर्षको फागुन महिनामा मात्र १२ वटा परियोजनामार्फत छ अर्ब ४७ करोड ७२ लाख रुपैयाँ लगानीको प्रतिबद्धता आएको हो । 

    चालु आर्थिक वर्षको हालसम्मका महिनामा लगानी प्रतिवद्धता प्राप्त भएका २५३ परियोजनामध्ये २३८ साना, १२ मझौला र ३ वटा ठूला उद्योग परियोजना रहेका छन् । आठ महिनामा प्रस्तावित कुल विदेशी लगानीमध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा आएको छ । 

    यस अवधिमा पर्यटनमा एक सय १५ परियोजनामार्फत कुल प्रस्तावित लगानीको ४५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता प्राप्त भएको छ । त्यस्तै, सेवा क्षेत्रका ८८, उत्पादनमूलक क्षेत्रका ३३ परियोजना विभागमा दर्ता भएका छन् ।

    कुन महिनामा कति प्रतिवद्धता ?
    साउन – ११ अर्ब ९३ करोड
    भदौ – २ अर्ब ६९ करोड
    असोज – १ अर्ब ९८ करोड
    कार्तिक – १ अर्ब ७५ करोड
    मंसिर – १ अर्ब ७५ करोड
    पुस – १ अर्ब ७२ करोड
    माघ – ३४ करोड
    फागुन – ६ अर्ब ४७ करोड


    images

    Logo