images
images

सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने रकम बढ्यो, अब कति बुझाउनुपर्छ ? 


  • 1.1K
    SHARES
  • २०७८ बैशाख २० गते सोमबार

    सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने रकम बढ्यो, अब कति बुझाउनुपर्छ ? 

    काठमाडौं । सामाजिक सुरक्षा कोषमा श्रमिकले जम्मा गर्नुपर्ने न्यूनतम रकम बढेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तोकेको नयाँ न्यूनतम पारिश्रमिकले यस्तो रकममा वृद्धि गरेको हो । 

    हालसम्म श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५५ रुपैयाँ थियो । यो बढेर अहिले १५ हजार रुपैयाँ पुर्याइएको छ । परिश्रमिक बढेसँगै सरकारले आधारभूत पारिश्रमिक समेत परिमार्जन गरेको छ । 

    सरकारले तोकेको नयाँ न्यूनतम पारिश्रमिक अनुसार १५ हजार रुपैयाँको न्यूनतम तलबमध्ये ९ हजार ३ सय ८५ रुपैयाँ र महँगी भत्ता बापत ५ हजार ६ सय १५ रुपैयाँ तोकिएको छ । आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा व्यहोर्नुपर्छ । 

    अहिले एकजना श्रमिकबापत ८ हजार ४ सय ५५ रुपैयाँको ३१ प्रतिशत अर्थात् न्यूनतम २ हजार ६ सय २१ रुपैयाँ ५ पैसा मासिक रुपमा सामाजिक सुरक्षा कोषमा बुझाउनुपर्छ । अब न्यूनतम मासिक २ हजार ८ सय ९ रुपैयाँ ३५ पैसा बुझाउनुपर्छ । यो मासिक १ सय ८८ रुपैयाँ ३० पैसा बढी हो । 

    दैनिक ज्यालादारी र प्रतिघण्टाको दरमा काम गर्ने श्रमिकका हकमा भने अहिले सामाजिक सुरक्षा कोषमा सूचीकरणको व्यवस्था गरिएको छैन ।

    पारिश्रमिक बढेसँगै न्यूनतम पारिश्रमिक प्राप्त गर्ने श्रमिकले आफ्नो तर्फबाट आधारभूत तलबको ११ प्रतिशतले हुन आउने मासिक १ हजार ३२ रुपैयाँ ३५ पैसा कोषमा जम्मा गर्नुपर्छ । यसो गर्दा श्रमिकको हातमा १३ हजार ९ सय ६७ रुपैयाँ ६५ पैसा हाल पर्छ । 

    आधारभूत पारिश्रमिकको २० प्रतिशतले हुन आउने १ हजार ८ सय ७१ रुपैयाँ ६० पैसा भने रोजगारदाताले नै व्यहोर्नु पर्नेछ । यसो गर्दा रोजगारदाताको न्यूनतम लागत प्रतिव्यक्ति १६ हजार ८ सय ७१ रुपैयाँ ६० पैसा हुन आउँछ । 


    images

    Logo