काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न तहमा कर्मचारी माग गरेको छ । प्राधिकरणले रिक्त स्थानमा अधिकृत तथा सहायक स्तर गरी ४ सय ६४ कर्मचारी माग गरेको हो ।
प्राधिकरणले खुल्लातर्फ ३ सय ३० जना कर्मचारीको पदपूर्ती गर्ने जनाएको छ । विभिन्न कार्यालयमा ३ देखि १० तहको पदपूर्तिको लागि कर्मचारी मागेको हो ।
अधिकृत स्तरमा ५२ जना, पाँचौ तहका लागि ७३ र चौथो तहका लागि १ सय २६ जना कर्मचारीको लागि आवेदन खुलेको छ ।
प्राधिकरणले चौथो तहमा सिनियर मिटर रिडर, सहायक लेखापाल र फोरमेनको पदपूर्ति गर्ने जनाएको छ । साथै तेस्रो तहका इलेक्ट्रिसियन, जुनियर मिस्त्री र टेक्निसियनको लागि ७९ जनाको आवेदन खुलेको छ ।
आवेदकले खुल्ला पदमा आगामी असोज ६ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । दोब्बर दस्तु तिरेर असोज ७ देखि १४ गतेसम्म आवेदन दिन पाइने प्राधिकरणले जनाएको छ ।
लोक सेवा आयोगले लिने खुल्ला प्रतिस्पर्धात्मक लिखित परिक्षा पास गरेपछि स्थायी पदपूर्ति हुने प्राधिरणले जनाएको छ ।
प्राधिकरणले खुलाएको विभिन्न तहका पदहरुमा एसईई दिएका देखि स्नातकोत्तर तहसम्म अध्ययन गरेका आवेदकले आवेदन दिन पाउनेछन् ।
इलेक्ट्रिसियनका लागि खुलेको विज्ञापनमा एसईई उतीर्णले आवेदन दिन पाउनेछन् ।


