images
images

गड्डाचौकीबाट नेपाल आउनेलाई सीमा नाकामै खोप


  • 407
    SHARES
  • २०७८ भाद्र १८ गते शुक्रबार

    गड्डाचौकीबाट नेपाल आउनेलाई सीमा नाकामै खोप

    कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट आउने नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । सीमा नाकामै रहेको हेल्थ डेस्कमा १८ वर्ष माथिका नेपालीलाई एस्ट्राजेनिका खोप लगाउन थालिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए । 

    “एक सता अघिदेखि खोप लगाउने कार्य शुरु गरेका हौँ” उनले भने,  “हालसम्म भारतबाट फर्कने ३००भन्दा बढीलाई खोपको पहिलो मात्रा दिइएको छ ।”

    सीमा नाकामा पहिलो खोप लाउनेले दोश्रोे मात्रा सम्बन्धित जिल्लामै लागाउनुपर्ने भएको छ ।  दैनिक सीमा नाका भएर आउने ५० भन्दा बढी आउने  गरेका छन्  ।

    खोपको सामान्य ‘साइड इफेक्ट’ रहेपनि हालसम्म यहाँ खोप लगाएकाहरुमा कुनै जटिल समस्या  देखिएको छैन । सीमा नाकामा आइपुग्नेलाई खोप लगाए नलागाएको निक्र्यौल गरेपछि मात्रै लगाइने र जटिल अबस्थाका र  दिर्घरोगीलाई भने खोप नलगाइने यहाँ कार्यरत स्वास्थ्यकर्मीको भनाइ थियो ।

    कार्यालयका अनुसार हालसम्म जिल्लामा १ लाख ७ हजार १ सय ६३ ले  खोपको पहिलो मात्रा लगाइसकेका छन् भने ६४ हजार ७ सय ९५ ले दोस्रो मात्रा पनि लगाइसकेका छन् ।


    images

    Logo