images
images

'आइएमई पे' मार्फत् विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा बोनस


  • 504
    SHARES
  • २०८० चैत्र १४ गते बुधबार

    'आइएमई पे' मार्फत् विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा बोनस

    काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँ सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । फागुन दस गतेबाट सुरु भएको सो अफर दुइ महिना सम्म रहने छ । 

    यस अफर अन्तर्गत विदेशमा रहेका सेवाग्राहीहरूले  मनिग्राम मार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पाँच सय रुपैयाँ  बोनस सम्म पाउन सक्नेछन् ।

    मनि ग्राम  बाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यास मार्फत  पठाइएको रकम  आइएमई पे  मार्फत प्राप्त गर्दा  पनि एक सय रुपैयाँ बोनस  प्राप्त गर्न सकिने छ । 

    आइएमई पे’मार्फत  संसार को कुनै पनि देशबाट पठाएको पैसा प्रयोगकर्ताहरूले सजिलै प्राप्त गर्न सक्छन् ।


    images

    Logo