images
images

श्रम स्वीकृति सेवाका लागि तीन 'शिफ्ट' मा काम शुरु, राति ९ देखि बिहान ४ बजेसम्म पनि काम हुने


  • 522
    SHARES
  • २०८० चैत्र १७ गते शनिबार

    श्रम स्वीकृति सेवाका लागि तीन 'शिफ्ट' मा काम शुरु, राति ९ देखि बिहान ४ बजेसम्म पनि काम हुने

    काठमाडाैं । वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाण्डौले वैदेशिक रोजगारीमा जानेहरूलाई श्रम स्वीकृतिका लागि तीन 'शिफ्ट' मा काम थालेको छ । वैदेशिक रोजगार विभागका अनुसार बिहान ७ देखि दिउँसो २ बजेसम्म, दिउँसो २ देखि राति ९ बजेसम्म र राति ९ देखि बिहान ४ बजेसम्म गरी तीन 'शिफ्ट' मा सेवा दिन थालिएको हो । 

    कार्यालयका ५७ जना कर्मचारीलाई आलोपालो गरी व्यवस्थापन मिलाइएको विभागले जनाएकाे छ । बिदाको दिनसमेत कार्यालय सञ्चालन गरी सेवा प्रवाहलाई थप व्यवस्थित बनाइने विभागले जनाएकाे छ । नयाँ र पुनः श्रम स्वीकृति गरी अहिले दैनिक दुई हजार पाँच सय जनासम्मलाई श्रम स्वीकृति दिने गरेकाे जनाएकाे छ । 

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति दिने गरी व्यवस्थापन गर्न निर्देशन दिएपछि कार्यालयले श्रम स्वीकृति दिने सेवा दुई 'शिफ्ट' बाट तीन 'शिफ्ट' मा विस्तार गरेको हो ।

    कार्यालयले अहिले अनलाइन फारम भरेर टोकन दिने प्रणाली दिउँसो १ बजेपछि मात्रै खुला गर्न थालेको छ । यसअघि १० बजेदेखि अनलाइन प्रणाली खुला गर्दा चाप धेरै पर्ने गरेको र त्यसले प्रणालीमा समस्या हुँदा टोकन लिन नै सास्ती हुने गरेको गुनासो आएकाे कार्यालयका निर्देशक एवम् सूचना अधिकारी कल्पना मास्केले बताइन् । अब याे गुनासाे कम हुने उनको भनाइ छ ।


    images

    Logo