images
images

कोरोना परीक्षणको नतिजा नआउन्जेल  राष्ट्रिय वाणिज्य बैंकका सबै सेवा बन्द


  • 495
    SHARES
  • २०७८ बैशाख २१ गते मंगलबार

    कोरोना परीक्षणको नतिजा नआउन्जेल  राष्ट्रिय वाणिज्य बैंकका सबै सेवा बन्द

    डोटी । राष्ट्रिय वाणिज्य बैंक डोटीले सिलगढी शाखाबाट प्रदान हुँदै आएका आफ्ना सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ ।

    बैंकको डोटी शाखाले एक सूचना प्रकाशित गरी जिल्लामा दिइँदै आफ्नो शाखाका सेवा बन्द गरिएको जानकारी गराएको हो । सूचनामा भनिएको छ, “बैंकमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र अन्य कर्मचारीको स्वाब सङ्कलन गरी परीक्षणका लागि जिल्ला अस्पतालको ल्याबमा पठाइएकाले उक्त नतिजा नआउन्जेलसम्मका लागि बैंकिङ सेवा बन्द हुनेछन् ।”

    सेवा बन्द गरिएको जानकारी दिए पनि आफ्ना कुन कुन ठाउँका र कति जनामा कोरोना सङ्क्रमण भयो भन्ने विषयमा बैंकले खुलाएको छैन ।

    बैंकले आफ्ना सेवा बन्द गरेपछि सेवाग्राहीलाई निकै समस्या भएको छ । पछिल्लो समय ज्येष्ठ नागरिक, एकल तथा अपाङ्गता भएकाहरु भत्ता लिनका लागि बैंकमा आउन थालेका कारण बैंकको सेवा बन्द भएपछि सबैभन्दा बढी उनीहरु मारमा परेको दिपायल सिलगढी नगरपालिका–६ का रामबहादुर नेपालीले बताए ।

    सेवाग्राहीका समस्यालाई दृष्टिगत गर्दै तथा कर्मचारीको पिसिआर रिपार्टका आधारमा आफ्ना सेवाहरु निकट भविष्यमै पुनः सञ्चालन गर्ने योजना रहेको राष्ट्रिय वाणिज्य बैंक डोटीका प्रमुख हर्कसिंह धामी विष्टले जानकारी दिए।

     

     


    images

    Logo