images
images

ईपीएस भाषा परीक्षाको नतिजा प्रकाशित, ६ हजार बढी उर्त्तीण


  • 399
    SHARES
  • २०८० चैत्र २८ गते बुधबार

    ईपीएस भाषा परीक्षाको नतिजा प्रकाशित, ६ हजार बढी उर्त्तीण

    काठमाडौं । दक्षिण कोरियाको उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक भएको छ । दक्षिण कोरियाको मानव संसाधन विकास सेवाले मंगलबार नतिजा प्रकाशन गरेको हो । 

    जसमा ६ हजार ३२१ जना उर्तीण भएका छन् । प्रकाशित नतिजा अनुसार ९२.५ प्रतिशतभन्दा अंक ल्याउने  उर्तीण भएका हुन् । पहिलो चरणको परीक्षामा ४७ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए ।  

    दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो । त्यसअन्तर्गत सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो । 


    images

    Logo