images
images

कोभिडले रोकेन शिखरको यात्रा : ३७ वटा समूह सगरमाथा चढ्दै

यो सिजनको लागि मात्रै तीन दर्जन भन्दा बढी समूहले यस्तो अनुमति लिएका छन् ।


  • 729
    SHARES
  • २०७७ चैत्र २४ गते मंगलबार

    कोभिडले रोकेन शिखरको यात्रा : ३७ वटा समूह सगरमाथा चढ्दै

    यो सिजनको लागि मात्रै तीन दर्जन भन्दा बढी समूहले यस्तो अनुमति लिएका छन् । पर्यटन विभागले हालसम्म यो सिजनका लागि सो संख्यामा ३७ आरोही समूहलाई एक्सिपिडिसन पर्मिट दिएको जनाएको छ ।

    काठमाडौं । कोभिड–१९ महामारीको प्रतिकूल अवस्थाका बावजुद पनि हिमाल चढ्नेको आकर्षण घटेको छैन । विश्वको सर्वोच्च शिखर सगरमाथा सहितका हिमालहरु आरोहण गर्न अनुमति लिनेको संख्याले यस्तो देखाएको हो । यो सिजनको लागि मात्रै तीन दर्जन भन्दा बढी समूहले यस्तो अनुमति लिएका छन् । पर्यटन विभागले हालसम्म यो सिजनका लागि सो संख्यामा ३७ आरोही समूहलाई एक्सिपिडिसन पर्मिट दिएको जनाएको छ । यो समूहमा कुल ३ सय ३ जना रहेको विभागको तथ्यांक छ । 

    यसरी अनुमति लिनेमा १८ वटा समूहका १ सय ६७ सगरमाथा चढ्न चाहन्छन् । बाँकी १९ समूूहका १ सय ३६जनाले भने अरु हिमाल चढ्न अनुमति पाएका छन् । अनुमति दिइएका अन्य हिमालहरुमा अन्नपूर्ण, मकालु, मनास्लु, धौलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे लगायत हिमाल छन् । 

    सगरमाथा क्षेत्रमा पर्ने ल्होत्सेमा चार, नुप्सेमा तीन र पुमरीमा एक आरोही समूह छन् । गण्डकी क्षेत्रमा पर्ने अन्नपूर्ण हिमाल आरोहणका लागि चार र धौलागिरि हिमालमा तीन समूहलाई अनुमति दिएको छ । गोरखामा पर्ने मनास्लु हिमालमा एक आरोही समूह छ । सङ्खुवासभामा पर्ने मकालु हिमाल आरोहणका लागि एक समूहले अनुमति लिएको छ ।

    बहराइनका राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले पहिलो आरोहण अनुमति लिएको छ । नेपालस्थित सेभेन समिट ट्रेकमार्फत आरोहणको तयारी भइरहेको छ । बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहने आरोही टोली छन् । 


    यस याममा हिमाल आरोहणवापत पर्यटन विभागले हालसम्म झण्डै २३ करोड रोयल्टी सङ्कलन गरेको छ । विभागले हालसम्म २२ लाख ७७ हजार रोयल्टी जम्मा भएको छ । 

    हिमाल आरोहणका लागि उपयुक्त मौसम वसन्तयामलाई मानिन्छ । यो अनुकूल मौसममा सगरमाथासहितका विभिन्न चर्चित हिमालमा स्वदेशी तथा विदेशी आरोहीले सर्वाधिक आरोहण गर्छन् । सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायतका उच्च हिमशृङ्खला आरोहीको रोजाइमा पर्छन् ।
     
    मार्च, अप्रिल र मे महिनाको आरोहणका लागि मार्चदेखि बुकिङ शुरुआत भए पनि अप्रिलको दोस्रो सातासम्म विभागलाई अनुमति जारी गर्न भ्याइनभ्याइ हुन्छ । वसन्तयामको आरोहणका लागि विभागले यही चैत २ देखि आरोहण अनुमति खुला गरेको थियो । चैत १३ मा सगरमाथा आरोहणको पहिलो परमिट जारी भएको थियो ।


    images

    Logo